Notice: Test mode is enabled. While in test mode no live donations are processed.

$
Select Payment Method
Personal Info

Donation Total: $100.00

ख्रीष्टमा म को हुँ?

शैतानको झुटबाट छुटकारा पाएर ख्रीष्टमा आफ्नो वास्तविक पहिचान स्वीकार्दै, विश्‍वासको साथ विजयी जीवन जिउने यो उपयुक्त समय हो।

$7.99

ख्रीष्टमा तपाईंको साँचो पहिचान के हो ? के तपाईलाई थाहा छ ?
यो पुस्तकले परमेश्‍वरले तपाईंलाई ख्रीष्ट येशूमा दिनुभएको साँचो पहिचान पत्ता लगाउन र बुझ्न साहयता गर्नेछ। यो एउटा यस्तो पहिचान हो, जो संसारको सिद्धान्त, विगतको अनुभव, वा शैतानका झूटहरूमा आधारित हुँदैन, तर केवल ख्रीष्ट येशूमा विश्‍वासद्वारा प्राप्त हुन्छ। अरुहरुले तपाईको बारेमा के भन्छन् भन्ने कुरा, वा तपाईले विगतमा भोग्नुभएको असफलताहरु, गल्तीहरु त्यत्ति महत्वपुर्ण हुँदैनन् जत्ति परमेश्वरले तपाईको बारेमा आफ्नो वचनमा भन्नुभएको छ। तपाईं त्यो हुनुहुन्न, जो संसारले तपाईको बारेमा भन्दै आएको छ, तर तपाईं त्यो हुनुहुन्छ, जो परमेश्‍वरले तपाईको बारेमा भन्नुहुन्छ!
यस पुस्तकमा तपाईले आफ्नो वास्तविक पहिचानको सत्यता थाहा पाउनुहुनेछ। तपाई ख्रीष्ट येशूमा जीवित, धर्मी, प्रेम गरिएको, आशिषित र विजेताभन्दा अझ महान् हुनुहुन्छ भन्ने कुरालाई बुझ्नुहुनेछ। यस पुस्तकले शैतानका झूटहरु र छलहरु माथि विजयी हुन सिकाएको छ। यसमा बाइबलीय सत्यतालाई सरल व्याख्या र व्यावहारिक उदाहरणको साथमा प्रस्तुत गरिएको छ। यसले तपाईंको विश्वासलाई अझ बलियो बनाउन, तपाईंको मनलाई अझ नवीकरण गर्न, र परमेश्‍वरको सन्तानको रूपमा सबै समय र परिस्थितिहरुमा ख्रीष्ट येशूमा विजयी र निडर जीवन जिउन साहयता प्रदान गर्नेछ।
शैतानको झुटबाट छुटकारा पाएर ख्रीष्टमा आफ्नो वास्तविक पहिचान स्वीकार्दै, विश्‍वासको साथ विजयी जीवन जिउने यो उपयुक्त समय हो।

Additional information

Weight 0.220462 lbs
Author

Caleb Khaling

Size

A5 (14×21 cm)

Number of pages

78

Cover

Matte