मानिसको जीवन धेरै नै छोटो छ । आज जीवित भएको मानिस भोलि पनि जीवित नै हुन्छ वा हुँदैन भत्रे कुराको कुनै निश्चय छैन । संसारमा जन्मने प्रत्येक व्यक्तिले मृत्युको सामना गर्नुपर्छ, यसबाट कोही पनि उम्कन सक्दैन । यही कुराले गर्दा धेरै मानिस मृत्युको बारेमा सोच्दा, विचार गर्दा डराउँछन् । धेरैजना मृत्युको डरले आजीवन बन्धनमा जिइरहेका हुन्छन् । यो डर, कष्ट, पीडा र समस्याहरुको मुख्य जड पाप हो । परमेश्वरले सृष्टि गर्नुभएको पहिलो मानिस आदम र हव्वाले उहाँको आज्ञा उल्लंघन गरेको कारण संसारमा पापले प्रवेश ग¥यो, अनि पापद्वारा मृत्यु पनि आयो । यसरी सबै मानिसहरुले पाप गरेका हुनाले सबै मानिसको जीवनमा मृत्युले राज्य गर्छ । तर, करिब २,००० वर्षअघि संसारमा एउटा यस्तो व्यक्तिको जन्म भयो, जसले मृत्युलाई पनि जितेर मरेकाहरूबाट पुनर्जीवित हुनुभयो । उहाँको नाउँ येशू ख्रीष्ट हो । मृत्युबाट जीवित हुनेमा उहाँ नै प्रथम हुनुहुन्छ । अनि उहाँ नै परमेश्वरका पुत्र हुनुहुन्छ । पृथ्वीमा भएका सबै थोक उहाँद्वारा बनिए, र उहाँविना कुनै थोक पनि बनिएन । उहाँमा जीवन थियो, र त्यो जीवन मानिसहरूको ज्योति थियो । त्यो ज्योति अन्धकारमा चम्कन्छ, र अन्धकार त्यसमाथि विजय भएको छैन । उहाँ नै संसारमा हरेक मानिसलाई ज्ञान प्रदान गर्ने साँचो ज्योति हुनुहुन्छ । उहाँ मात्र मानव इतिहासमा यस्तो पहिलो मानिस हुनुहुन्छ जसले आफ्नो जीवनभर कुनै पाप गर्नुभएन । उहाँले सँधै पवित्र र परमेश्वरको अघि पूर्ण रुपले ग्रहणयोग्य हुने जीवन जिउनुभयो । उहाँको जीवन र सेवकाई परमेश्वरको प्रेमको जीवन्त चित्रण हो । उहाँले मानिसहरुको शारीरक, मानसिक र आत्मिक आवश्यक्ताहरु पुरा गर्न आफ्नो शिक्षा र कार्यद्वारा मार्गदर्शन गर्नुभयो । उहाँले सबै मानिसहरुलाई प्रेम गर्नुभयो र साँचो प्रेमको परिभाषा देखाउनुभयो ।
उहाँले आफ्नो महान् प्रेम यसैमा देखाउनुभयो, कि परमेश्वरसँग हाम्रो मेलमिलाप गराउनको लागि उहाँले हामी पापी र उहाँको विरोधी छँदै उहाँले आफ्नो प्राण हाम्रो निम्ति दिनुभयो । हाम्रो पाप र अधर्मको कारण उहाँ मारिनुभयो, र हामीलाई पापको दण्ड, त्यसको शक्ति र प्रभावबाट स्वतन्त्र गर्नको लागि उहाँ मरेकाबाट तेस्रो दिनमा पुनजर्वीत हुनुभयो । उहाँको मृत्यु र पुनरुत्थानले परमेश्वरको न्याय र प्रेमलाई एकसाथ प्रकट गर्छ । यसकारण, उहाँविना कोही पनि परमेश्वरकहाँ पुग्न सक्दैन । बाइबलले उहाँ नै बाटो, सत्य र जीवन हुनुहुन्छ भनी घोषणा गर्छ । उहाँ मात्र जीवनको लागि ज्योति र मुक्तिको लागी मार्ग हुनुहुन्छ ।
यहि सत्यतालाई व्याख्या गरेर ब्रदर कालेब खालिङले “ख्रीष्ट येशूमा जीवन” पुस्तिका लेख्नुभएको थियो । हामी आशा गर्दर्छौं यस पुस्तिका मार्फत तपाईले परमेश्वरको प्रेमको सत्यता र येशू ख्रीष्टको अनुग्रहलाई राम्रोसँग थाहा पाउनुहुनेछ ।
Please note that the user is responsible for covering the shipping costs.



